‘दयारानी’काे ‍अन्तर्राष्ट्रिय अधिकार बिक्री

हिमाल प्रेस १४ मंसिर २०८० १७:४० | Thursday, November 30, 2023
‘दयारानी’काे ‍अन्तर्राष्ट्रिय अधिकार बिक्री

काठमाडौँ- फिल्म ‘दयारानी’ काे अन्तर्राष्ट्रिय अधिकार बिक्री भएको छ। फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो।

बुधबार (हिजो) निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच लिखित सम्झौता भएको थियो।

अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यू गरेका हुन्। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन मुख्य भूमिकामा छन्। अन्य कलाकार विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घलेलगायतको अभिनय छ।

शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्म माघ २६ गतेबाट प्रदर्शन हुनेछ। गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ। फिल्ममा अभिनेत्री दीया पुनलाई दयालु यूवतीको रुपमा प्रस्तुत गरिएको छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा बनेको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा बनेको छ।

प्रकाशित: १४ मंसिर २०८० १७:४० | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast