त्रिविको ४९ औँ दीक्षान्त समारोह दशरथ रंगशालामा

हिमाल प्रेस ११ मंसिर २०८० ९:४७ | Monday, November 27, 2023
त्रिविको ४९ औँ दीक्षान्त समारोह दशरथ रंगशालामा फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह पुस २ गते हुने भएको छ। दीक्षान्त समारोह दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने त्रिविले जनाएको छ।

सो समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सन् (१५ जुन २०२२ देखि १५ औँ जुन २०२३) सम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन्।

६४औँ वार्षिक दिवसको अवसरमा पारित ६४ औँ ग्रेस लिस्ट २०७९ असार १ देखि २०८० जेठ मसान्त सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका कुल ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन्।

त्रिवि सभाबाट पारित सो ग्रेस लिष्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन्।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन,स्कार्फ,टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: ११ मंसिर २०८० ९:४७ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast