त्रिपालमुनि बसेका दुई जना भूकम्पपीडितको मृत्यु

हिमाल प्रेस १ मंसिर २०८० १४:५४ | Friday, November 17, 2023
त्रिपालमुनि बसेका दुई जना भूकम्पपीडितको मृत्यु फाइल तस्बिर : हेमन्त केसी/रासस

जाजरकोट- चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

कार्की र सिंह दुवै दमका बिरामी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए। उनका अनुसार भूकम्पपछि घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन्।

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

उनका अनुसार यसअघि गत साता नलगाड-४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो। प्रजिअ सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए। रासस

प्रकाशित: १ मंसिर २०८० १४:५४ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast