तीन प्रदेशमा हिमपातको सम्भावना

हिमाल प्रेस २८ कार्तिक २०८० ६:५८ | Tuesday, November 14, 2023
तीन प्रदेशमा हिमपातको सम्भावना हिमपात। फाइल तस्बिर।

काठमाडौँ- हाल देशको मौसम प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताइएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २८ कार्तिक २०८० ६:५८ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast