तीनकुनेमा युवा संघको प्रदर्शनको तयारी [फोटो फिचर]

दिपेश श्रेष्ठ ७ मंसिर २०८० ११:४५ | Thursday, November 23, 2023
तीनकुनेमा युवा संघको प्रदर्शनको तयारी [फोटो फिचर]

काठमाडौँ– नेकपा एमालेनिकट युवा संघले आज काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्दैछ। प्रदर्शनका लागि युवा संघका नेता कार्यकर्ताहरू भेला भइसकेका छन्। विभिन्न क्षेत्रबाट मोटरसाइकल र्‍यालीसहित कार्यकर्ताहरू तीनकुने आइरहेका छन्। एमाले नेता महेश बस्नेत लगायतका नेताहरू तीनकुने पुगिसकेका छन्। अहिले युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा नाराबाजी लगाइरहेका छन्।

युवा संघका नेता कार्यकर्ताले सरकारलाई खबरदारी गरेका छन्। भ्रष्टाचार, अपराधलाई सरकारले बढावा दिएको भन्दै सरकारविरोधी प्लेकार्डहरू पनि लिएर विरोध गरिरहेका छन्। आज काठमाडौँमा युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईले शक्ति प्रदर्शन गर्दैछन्। यी दुई समूह एक आपसमा भिड्न सक्ने आँकलन गर्दै काठमाडौँको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ।
उता बल्खुमा पनि प्रसाई समूहले प्रदर्शन सुरु गरिसकेको छ।

प्रकाशित: ७ मंसिर २०८० ११:४५ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast