तिहार र छठ बिदामा पनि मानवअधिकार आयोग खुला रहने

हिमाल प्रेस २४ कार्तिक २०८० २१:११ | Friday, November 10, 2023
तिहार र छठ बिदामा पनि मानवअधिकार आयोग खुला रहने

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुल्ने भएका छन्। कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन्।

आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झैँ यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।

यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ।

प्रकाशित: २४ कार्तिक २०८० २१:११ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast