तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास

हिमाल प्रेस २९ कार्तिक २०८० ७:०० | Wednesday, November 15, 2023
तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना दिएका छन्।

सभामुखले आज एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गरे।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकैले नेपाली आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्’, सभामुखले सन्देशमा भनेका छन्।

प्रकाशित: २९ कार्तिक २०८० ७:०० | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast