अस्तव्यस्त काठमाडौँ

तनावग्रस्त बल्खु [तस्बिरहरू]

हिमाल प्रेस ७ मंसिर २०८० १२:२७ | Thursday, November 23, 2023
तनावग्रस्त बल्खु [तस्बिरहरू]

काठमाडौँ-  नेकपा एमाले निकट युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईका समर्थकबीच झडप सुरु भएपछि काठमाडौँको बल्खुचोकमा प्रहरीको संख्या बढाइएको छ।

कीर्तिपुरबाट बल्खु हुँदै तीनकुनेतर्फ अगाडि बढेको युवा संघको जुलुस र बल्खुमा रहेका प्रसाईका समर्थकबीच झडप भएको हो। त्यस क्रममा युवा संघका कार्यकर्ताले पैदल हिँडिरहेका सर्वसाधारण र सवारीसाधनमाथि पनि आक्रमण गरेका छन्।

केही बेरअघि मात्र बल्खुमा थप सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ प्रहरीले जनाएको छ। दुर्गा प्रसाईं समूहका लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप भएको हो।

प्रकाशित: ७ मंसिर २०८० १२:२७ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast