तनहुँमा घाइते अजिंगर फेला

हिमाल प्रेस १२ मंसिर २०८० २१:११ | Tuesday, November 28, 2023
तनहुँमा घाइते अजिंगर फेला

दमौली- तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज (मंगलबार) अजिंगर फेला परेको छ। स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिंगर फेला पारेका हुन्।

स्थानीयले उक्त अजिंगर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन्। डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिंगरलाई वन कार्यालयमा सुरक्षित रूपमा राखिएको जानकारी दिए।

घाइते अवस्थामा रहेको अजिंगरलाई केही दिनमा सुरक्षित स्थानमा छाडिने उनले बताए।

प्रकाशित: १२ मंसिर २०८० २१:११ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast