तनहुँमा गाडीले ठक्कर दिँदा मोटरसाइकल यात्रीको मृत्यु

हिमाल प्रेस २५ कार्तिक २०८० ९:४४ | Saturday, November 11, 2023
तनहुँमा गाडीले ठक्कर दिँदा मोटरसाइकल यात्रीको मृत्यु

काठमाडौँ- तनहुँमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका–७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बरालीको मृत्यु भएको हो।

शुक्रबार बेलुकी ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखराबाट दमौली आउँदै गरेको ग १ ख २९४१ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका बरालीको जिल्ला अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए।मोटरसाइकल चालक १९ वर्षीय विशाल बराली घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २५ कार्तिक २०८० ९:४४ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast