फाइल तस्बिर
                                            काठमाडौँ- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा पुगेको जनाएको हो। शनिबारकाे तुलनामा डलरकाे मूल्य स्थिर रहेकाे छ।
युरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ १५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ।
यूएई दिराम एक खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
                            प्रकाशित: १० मंसिर  २०८० ६:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

