टी-२० शृंखला खेल्न नेपाली महिला टिम हङकङ प्रस्थान

हिमाल प्रेस २६ कार्तिक २०८० १३:३८ | Sunday, November 12, 2023
टी-२० शृंखला खेल्न नेपाली महिला टिम हङकङ प्रस्थान

काठमाडौँ- हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी-२० शृंखला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।

कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने उक्त शृंखलामा विभिन्न चार टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन्। शृंखलाको पहिलो खेलमा नेपालले कार्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ।

त्यसैगरी नेपालले कार्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मंसिर २ गते जापानसँग खेल्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि मंसिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ। उक्त शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन्।

नेपाली टिममा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन्।

प्रकाशित: २६ कार्तिक २०८० १३:३८ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast