टिकटक बन्द गर्ने सरकारी निर्णयको महेश बस्नेतले गरे स्वागत

हिमाल प्रेस २७ कार्तिक २०८० १५:५० | Monday, November 13, 2023
टिकटक बन्द गर्ने सरकारी निर्णयको महेश बस्नेतले गरे स्वागत एमाले नेता महेश बस्नेत।

काठमाडौँ- नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन्। साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन्।

‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस्,’ बस्नेतले फेसबूकमा लेखेका छन् ।

पछिल्लो समय बस्नेत आफैँ पनि टिकटकमा आएको एउटा भिडियोका कारण विवादमा तानिएका छन्।

प्रकाशित: २७ कार्तिक २०८० १५:५० | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast