‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’

हिमाल प्रेस १९ कार्तिक २०८० १८:१८ | Sunday, November 5, 2023
‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’

काठमाडौँ- नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबीच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ। टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबीच शुक्रबार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

छलफल नेपाल प्रहरी र टिकटिकबीच सहकार्य बढाउने उद्देश्यले भएको उनले जनाए। छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायतका सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित: १९ कार्तिक २०८० १८:१८ | Sunday, November 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast