फाइल तस्बिर
काठमाडौँ– तिहारको समयमा जुवा खालबाट पक्राउ परेका नेपाली सेनाका पूर्वउपरथि होम लावतीसहित ८ जनालाई शुक्रबार जिल्ला प्रशासन उपस्थित गराइने भएको छ। ललितपुर प्रहरीका अनुसार मंगलबार ललितपुर महानगरपालिका-१५ हात्तीवनमा रहेको ‘क्लासिक टावर ब्लक ए’ मा जुवा खेलिरहेका लावतीसहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू ‘क्लासिक टावर ब्लक ए’को १६ औं तलामा जुवा खेलिरहेका थिए।
प्रहरीले उनीहरूको साथबाट १६ लाख ८२ हजार पाँच सय रुपैयाँ पनि बरामद गरेको थियो। उनीहरू सबै अहिले ललितपुर प्रहरीको हिरासतमा छन्।
पक्राउ परेकालाई प्रहरीले भाइटिका लगाउन भने छुट दिएको थियो। त्यसलगत्तै उनीहरूलाई फेरि हिरासतमै राखिएको छ। पक्राउ पर्ने अन्य व्यक्ति व्यवसायीहरू भनिए पनि नाम सार्वजनिक गरिएको छैन।
प्रकाशित: ३० कार्तिक २०८० १६:१० | Thursday, November 16, 2023
प्रतिक्रिया





