जुवातास खेलिरहेका १६ जना पक्राउ

हिमाल प्रेस २६ कार्तिक २०८० १९:२९ | Sunday, November 12, 2023
जुवातास खेलिरहेका १६ जना पक्राउ फाइल तस्बिर।

काठमाडौँ- ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट एक लाख तीन हजार चार सय २० रूपैयाँ पनि बरामद गरिएको छ।

यसै गरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ। उनीहरुबाट ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ।

नेपालगञ्ज र बुटवलबाट काठमाडौँ आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो।

प्रकाशित: २६ कार्तिक २०८० १९:२९ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast