जुवाखालबाट सेनाका पूर्वउपरथी पक्राउ

हिमाल प्रेस २९ कार्तिक २०८० ८:१५ | Wednesday, November 15, 2023
जुवाखालबाट सेनाका पूर्वउपरथी पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- जिल्ला प्रहरी परिसर ललितपुरले अवैध जुवाविरुद्ध थालेको कारबाहीमा नेपाली सेनाका पूर्व उपरथीसहित आठजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सेनाका अवकाशप्राप्त उपरथी होम लावती छन्।

मंगलबार साँझ ललितपुरको हात्तिबनस्थित क्लासिक टावरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित ८ जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट १६ लाख ८२ हजार रुपैयाँ नगद समेत बरामद भएको छ।

परिसरका अनुसार ललितपुर वडा नम्बर १५ स्थित क्लासिक टावरको ए ब्लकको छैठौं तलामा व्यवासायिक जुवा खेलाइएको पाइएको थियो । पक्राउ परेकाहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २९ कार्तिक २०८० ८:१५ | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast