काठमाडौँ– कुमारी बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिका–६ मा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरेको हो। बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ।
२२ वर्षदेखि सेवा दिँदै आएको बैंकका ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ एकाइ छन्।
प्रकाशित: ५ मंसिर २०८० १२:३८ | Tuesday, November 21, 2023
प्रतिक्रिया



