जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय

हिमाल प्रेस १९ कार्तिक २०८० १२:२५ | Sunday, November 5, 2023
जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ- नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसैगरी भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माको भनाइ छ।

बैठकले प्रभावितका लागि विदेशी सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो।

प्रकाशित: १९ कार्तिक २०८० १२:२५ | Sunday, November 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast