जाजरकोट भूकम्प : पालमा बसेकी बालिकाको कठ्यांग्रिएर मृत्यु

हिमाल प्रेस १४ मंसिर २०८० १२:२२ | Thursday, November 30, 2023
जाजरकोट भूकम्प : पालमा बसेकी बालिकाको कठ्यांग्रिएर मृत्यु फाइल तस्बिर।

जाजरकोट- कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ।

गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए।

प्रकाशित: १४ मंसिर २०८० १२:२२ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast