जनकपुरबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३७ जना घाइते

हिमाल प्रेस ३ मंसिर २०८० १९:२७ | Sunday, November 19, 2023
जनकपुरबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३७ जना घाइते

काठमाडौँ– जनकपुरबाट इलाम शैक्षिक भ्रमणका लागि गएको बस दुर्घटनामा परेको छ। इलामको कन्याम पुगेर फर्किँदै गर्दा रोङ गाउँपालिका-३ स्थित मेची राजमार्गबाट झापातर्फ जाँदै गर्दा बस सडकबाट ३०० मिटर तल खसेको हो।

ना ६ ख ८४२४ नम्बरको उक्त बस दुर्घटना हुँदा बसमा सवार ३७ जना घाइते भएका हुन्। घाइते मध्ये ३६ जनाको उद्धार भइसकेको र एक जा रुखमा अड्किएकोले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जवेगुले जानकारी दिए। बस साँझ ५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकाशंको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित: ३ मंसिर २०८० १९:२७ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast