छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न

हिमाल प्रेस २५ कार्तिक २०८० ७:२७ | Saturday, November 11, 2023
छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न

काठमाडौँ- नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सम्पन्न भएको छ।

यही कात्तिक २० गतेदेखि सञ्चालित सो तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलगायत बेलायत, क्यानडा, भारत, श्रीलंका, मालदिभ्स, मंगोलिया, कम्वोडियाका प्रतिनिधिको सहभागिता थियो।

पाँच दिनसम्म चलेको सो तालिममा क्रममा काठमाडौँ र चितवनमा शैक्षिक छलफल, टेबल कार्य तथा विभिन्न अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ।

तालिमको समापन गर्दै बलाध्यक्ष रथी सीताराम खड्काले विभिन्न प्राकृतिक प्रकोपबाट नेपाली सेनाले सिकेका पाठ, अन्य राष्ट्रमा विपद् न्यूनीकरण गर्न अपनाइएका अवधारणा र सहभागी राष्ट्रको अनुभव आदानप्रदान तथा सहकार्यले भविष्यमा आउन सक्ने प्रकोपलाई सामना गर्न र खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे।

विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ। उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ।

समापन समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनको समेत उपस्थिति रहेको थियो। रासस

प्रकाशित: २५ कार्तिक २०८० ७:२७ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast