छायांकनमा ‘यो मन त मेरो नेपाली हो’

हिमाल प्रेस १२ मंसिर २०८० १४:१३ | Tuesday, November 28, 2023
छायांकनमा ‘यो मन त मेरो नेपाली हो’

काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ। झापाको दमकस्थित पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो।

फिल्म अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले निर्देशन गर्दैछन्। निर्देशक प्रधानकै कथा रहेको फिल्म शिवम अधिकारीको लेखेका छन्।

फिल्मको कथावस्तु विदेशमा रहेका नेपालीले बिर्सदै गएको कला र संस्कृतिको विषयमा आधारित रहेको निर्माण टिमले जनाएको छ। साथै फिल्ममा नेपालीहरु कसरी भुटान, म्यानमार, भारतलगायत देशमा बस्न पुगे र उनीहरुको अहिलेको अवस्थालाई चित्रण गरिने बताइएको छ।

फिल्ममा विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, रोशन श्रेष्ठ, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्तलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको छायांकन पाँचथर, झापा, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिकालगायत देशहरुमा गरिनेछ। छायांकन सौरभ लामाले गरिरहेको छन्।

पद्मा ईश्वर इन्टरटेन्मेन्टको ब्यानर बन्ने फिल्म मा मित्र प्रधान (नर)को प्रस्तुतिमा निर्माण हुनेछ। फिल्ममा दिपक शर्माको संगीत, देव महर्जन द्वन्द्व निर्देशन, र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

प्रकाशित: १२ मंसिर २०८० १४:१३ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast