छठ पर्वका लागि धनुषामा सजाइएको घाट। फाइल तस्बिर: हिमाल प्रेस
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको शुभकामना व्यक्त गरेका छन्। आइतबार बिहानै छठ पर्वको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले छठ पर्वले राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्।
नेपालको तराई क्षेत्र हुँदै पछिल्लो समय पहाडी समुदायमा समेत मनाइँदै आएको छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न प्रेरणा मिल्ने अपेक्षासहित प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ३ मंसिर २०८० ६:२९ | Sunday, November 19, 2023
प्रतिक्रिया




