चार महिनामा ४ खर्ब ६१ अर्ब व्यापार घाटा

हिमाल प्रेस ७ मंसिर २०८० १३:१३ | Thursday, November 23, 2023
चार महिनामा ४ खर्ब ६१ अर्ब व्यापार घाटा

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा नेपाललाई ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ व्यापार घाटा भएको छ। भन्सार विभागकाअनुसार साउन–कात्तिकको अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ। यही अवधिमा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ।

गत आर्थिक वर्षको चार महिनामाको अवधिमा यो वर्ष आयात ३.७९ प्रतिशत, निर्यात ७.६८ प्रतिशत र व्यापार घाटा ३.३४ प्रतिशतले बढी हो। साउन–कात्तिकको अवधिमा नेपालले कुल ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। अघिल्लो आर्थिक वर्षको यो अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँको व्यापार भएको थियो।

प्रकाशित: ७ मंसिर २०८० १३:१३ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast