घूस रकमसहित नेपाल प्रहरीका सई पवन साउद पक्राउ

हिमाल प्रेस १२ मंसिर २०८० १८:०१ | Tuesday, November 28, 2023
घूस रकमसहित नेपाल प्रहरीका सई पवन साउद पक्राउ

काठमाडौँ- बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घूस रकमसहित पक्राउ परेका छन्। प्रहरी नायब निरीक्षक साउदले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घूस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

सो सम्बन्धी सूचनाका आधारमा आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले साउदलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घूस रकम लिइसकेको अवस्थामा रकमसहित ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको मुद्दा शाखाबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८० १८:०१ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast