ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा

हिमाल प्रेस ११ मंसिर २०८० १३:१६ | Monday, November 27, 2023
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले शाखाको उद्घाटन गरेका हुन्।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या ३५१ पुगेको छ। ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५१ शाखाका साथै ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: ११ मंसिर २०८० १३:१६ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast