गौशालामा सडक कब्जा गरेर प्रदर्शन गर्ने प्रसाईका समर्थकमाथि लाठी चार्ज

हिमाल प्रेस ११ मंसिर २०८० १५:५३ | Monday, November 27, 2023
गौशालामा सडक कब्जा गरेर प्रदर्शन गर्ने प्रसाईका समर्थकमाथि लाठी चार्ज

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ। काठमाडौंको गौशालामा प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो। उनीहरूले गौशाला चोकमा बाटो बन्द गरेर आमसभा गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो।

धर्मगुरुको अगुवाइमा भएको आन्दोलनमा प्रसाईं पुगेपछि प्रदर्शनकारीले आधा घण्टा गौशाला चोकमा सडक जाम गरेर आमसभा गर्न दिनुपर्ने माग गरेका थिए।

प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा हानेका थिए। प्रहरीले बल प्रयोग गरेपछि अहिले प्रदर्शनकारी तितरवितर भएका छन्। राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा केही दिन यता काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रसाईंले सम्बोधन गर्न पाएनन्।

प्रकाशित: ११ मंसिर २०८० १५:५३ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast