गुलजार बन्यो इटहरीको संगीतचोक

विवेक विवश रेग्मी २६ कार्तिक २०८० २२:०१ | Sunday, November 12, 2023
गुलजार बन्यो इटहरीको संगीतचोक

इटहरी- नेपालीको पर्व तिहारको आज दोस्रो दिन, लक्ष्मीपूजा। घरघरमा र‌ंगोली बनाएर उज्यालोसहित लक्ष्मीपूजा गरिएको छ। यस पटक लक्ष्मीपूजामा इटहरीको संगीत चोक गुलजार बनेको छ। स्थानीयको सक्रियतामा संगीतचोक वरपर झिलिमिली बत्तीसहितको रंगीन दृश्य उल्लासमय बनेको छ।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिवसमेत रहेका राजु केसीले सात लाख लगानीमा चोकलाई सिँगारिएको बताए। ‘अहिले दैनिक १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘यसले यहाँको व्यापारलाई पनि सहजीकरण भएको छ भने मानिस खुसी भएका छन्।’

संगीतचोक क्षेत्रमा अहिले बाक्लो मात्रामा भीड लाग्दा आन्तरिक पर्यटकले पोखराको लेकसाइडको झझल्को दिएको सुनाए। स्थानीयले लेकसाइडलाई बिर्साउने गरी गुलजार साँझ बनेकोमा हर्षित भएको बताए।

प्रकाशित: २६ कार्तिक २०८० २२:०१ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast