गायिका कोमल वलीलाई मातृशोक

हिमाल प्रेस २ मंसिर २०८० १२:३४ | Saturday, November 18, 2023
गायिका कोमल वलीलाई मातृशोक

काठमाडौँ- गायिका तथा एमाले नेतृ कोमल वलीलाई मातृशोक परेको छ। उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो।

अस्पतालका अनुसार दीपाको शनिबार दिउँसो पौने १२ बजे निधन भएको हो। उनी लामो समयदेखि हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन्।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको ‘मलमलकिरी जुनकिरी’ नामको गीतले नै छोरी कोमललाई गायनमा स्थापित गराएको हो।

दीपाको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्।

उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: २ मंसिर २०८० १२:३४ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast