क्यानडाको राजदूतमा भरतराज पौड्याल सर्वसम्मत अनुमोदन

हिमाल प्रेस १० मंसिर २०८० १७:१५ | Sunday, November 26, 2023
क्यानडाको राजदूतमा भरतराज पौड्याल सर्वसम्मत अनुमोदन

काठमाडौँ- संसदीय सुनुवाइ समितिले क्यानडाको राजदूतका लागि भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आज आइतबार बसेको बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो। पौड्याल परराष्ट्र मन्त्रालयका सचिव पनि हुन्।

यसअघि राजदूतमा उनको सुनुवाइविरुद्ध उजुरी आह्वान पनि भएको थियो। उनीविरुद्ध परराष्ट्र सचिवमा हुँदा नै सरकारी कर्मचारीको लागि आएको छात्रवृत्ति कोटामा आफ्नै छोरीलाई स्वीट्जरल्यान्ड पठाएको लिखित उजुरी परेको थियो। उक्त उजुरीमाथि सांसदहरूले प्रश्न गरेका थिए। उनले जवाफमा आफूले पदको दुरुपयोग नगरेको बताएका थिए।

उनले समितिमा भने , ‘म परराष्ट्र सचिव भएको मान्छे पदको दुरूपयोग गर्ने भए अरू थुप्रै विषयमा गर्न सक्थेँ होला। तर मैले इमान्दारी छोडेको छैन। यस्तो प्रश्न सुन्दा मलाई साह्रै अप्ठ्यारो महसुस भयो। मेरी छोरी उनकै बलबुतामा आंशिक छात्रवृत्तिमा नाम निकालेर गएकी हुन्। फेरि पनि भन्छु मैले पदको दुरुपयोग गरेको छैन।’

उनलाई सरकारले गत कात्तिक ३ गते क्यानडाको राजदूतका लागि सिफारिस गरेको थियो। परराष्ट्र सचिवको रुपमा उनको कार्यकाल मंसिर २० गते सकिँदैछ।

प्रकाशित: १० मंसिर २०८० १७:१५ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast