‘कोशी सरकारबाट नबाहिरिन एमालेलाई आग्रह गरेका छौँ’

हिमाल प्रेस १ मंसिर २०८० १८:२३ | Friday, November 17, 2023
‘कोशी सरकारबाट नबाहिरिन एमालेलाई आग्रह गरेका छौँ’ डा. शेखर कोइराला।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफूहरूले नेकपा (एमाले)लाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउनेसमेत बताए। उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे।

नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउँदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे। उनले गणतन्त्र खराब व्यवस्था नभए पनि राजनैतिक दलका नेताहरूको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे।

नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भइरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए। नेता कोइरालाले अन्य देशहरूको उदाहरण दिँदै सामाजिक सञ्जालहरूलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए।

प्रकाशित: १ मंसिर २०८० १८:२३ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast