केपी ओलीको दाबी : राति पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने एमाले होइन

हिमाल प्रेस ६ मंसिर २०८० १५:०१ | Wednesday, November 22, 2023
केपी ओलीको दाबी : राति पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने एमाले होइन

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन काठमाडौँ आएका महिलाहरूलाई पार्टी प्यालेसबाट लखेट्ने काम एमालेको नेता कार्यकर्ताबाट नभएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेलाई बदनाम बनाउनका लागि आरोप लगाइएको बताएका हुन्।

‘पार्टीको अभियानपछि आन्दोलनकारी नयाँ ढंगले अघि बढ्नुपर्ने देखेको छु। अहिले स्वार्थी तत्वहरु सडकमा आएका छन्। हामीलाई बदनाम गराउन लागिपरेका छन्। भिडियो जुन सार्वजनिक भएको छ,’ उनले भने ,’त्यसमा युवा संघको कुनै संलग्नता छैन। मैले फोन गरेर पनि सोधेँ।’

एउटा प्रणाली नै परिर्वतन गरेर प्रतिगमनमा लैजान खोज्ने, अर्को अहिलेकै प्रणाली कायम राख्न खोज्ने, तर यथास्थितिवादीहरु रहेको भन्दै ओलीले दुवैलाई सफल हुन नदिने बताए। उनले थपे , ‘ देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले भने, ‘कसरी भन्ने छलफल गर्छौं, भएन भने जनबलको प्रयोग गर्नुपर्ने हुनसक्छ।’

प्रसाईको आन्दोलनमा सहभागी हुन आएकामाथि युवासंघका कार्यकर्ताले आक्रमण गरेको आरोप

 

प्रकाशित: ६ मंसिर २०८० १५:०१ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast