केन्द्रले कानुन नबनाउँदा प्रदेश र स्थानीय तहले काम गर्न सकेनन् : रमेश लेखक

हिमाल प्रेस १६ कार्तिक २०८० १४:०६ | Thursday, November 2, 2023
केन्द्रले कानुन नबनाउँदा प्रदेश र स्थानीय तहले काम गर्न सकेनन् : रमेश लेखक कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेसको प्रमुख सचेतक रमेश लेखकले संघले कानुन निर्माण नगर्दा प्रदेश र स्थानीय तहले काम गर्न नसकेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले संघीयताको प्रभावकारिताको लागि प्रदेश र स्थानीय तहको काम प्रभावकारी हुनुपर्ने भए पनि संघले कानुन निर्माण नगर्दा हुन नसकेको बताएका हुन्। उनले संविधान जारी भएको ८ वर्षसम्म मौलिक हक प्रत्याभूत गर्न आवश्यक कानुन बन्न नसकेको बताए।

लेखकले अहिलेको संविधान असफल गर्ने छुट कसैलाई नभएको बताए। उनले संविधान असफल भयो भने मुलुक एउटा विषम परिस्थितिमा पुग्नसक्ने टिप्पणी गरे।

प्रकाशित: १६ कार्तिक २०८० १४:०६ | Thursday, November 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast