किन ‘दिमाग खराब’ हलबाट उतार्दैछन् निश्चल?

हिमाल प्रेस ३० कार्तिक २०८० ७:१९ | Thursday, November 16, 2023
किन ‘दिमाग खराब’ हलबाट उतार्दैछन् निश्चल?

काठमाडौँ- फिल्म ‘दिमाग खराब’ शुक्रबारबाट हलमा नलाग्ने भएको छ। निर्देशक निश्चल बस्नेतले विदेशी सिनेमा सरह शोज नपाएकाले हलबाट सिनेमा उतार्ने बताएका छन्।

‘हाम्रो माग पूरा नभए हामी वैकल्पिक माध्यमबाट सिनेमा देखाउँछौँ किन भने हामी सकेसम्म धेरै दर्शकलाई यो चलचित्र देखाउन चाहन्छौँ,’ उनले भने, ‘यदि, विदेशी सिनेमा सरह नेपाली सिनेमालाई शोज नदिने हो भने चलचित्र लागुन्जेल निर्मातालाई ५० प्रतिशत शोज दिनुपर्छ होइन भने हामी शुक्रबारबाट सिनेमा हलमा लगाउँदैनौँ।’

पहिलो र दोस्रो हप्ता सिनेमा हल र निर्माताले ५०र५० प्रतिशत सेयर पाउँछन्। तेस्रो हप्ताबाट निर्माताले सेयर ३५ प्रतिशत मात्रै पाउँछन्।

सोमबारबाट आफ्नो चलचित्रमा अकुपेन्सी बढेको भन्दै उनले भने, ‘सुरुको दुई दिनमा अकुपेन्सी धेरै राम्रो थिएन। तर सोमबारबाट वर्डअफ माउथ राम्रो भएकाले अकुपेन्सी राम्रो छ । तर शोज कम हुँदा दर्शकले हेर्न पाउनु भएको छैन।’

विदेशी सिनेमाले ८÷१० शोज पाउँदा नेपाली सिनेमाले २र३ शोज मात्रै पाउनु कहाँसम्म न्याय हो रु उनको प्रश्न छ।

 

प्रकाशित: ३० कार्तिक २०८० ७:१९ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast