 तस्बिर : रासस
                             तस्बिर : रासस
                                            काठमाडौँ- काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन्।
२०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीले आज करिब २ सयभन्दा बढी दाजुभाइलाई सप्तरंगी टीका र मखमलीको माला लगाइदिएकी हुन्।
दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला भएका थिए। काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिइन्।
दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उनको भनाइ छ।
आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै उनले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताइन्। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![विदेशी पर्यटकलाई सामूहिक भाइटीका [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/11/tourist_bhaiteeka-3.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 