कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

हिमाल प्रेस १ मंसिर २०८० १८:४३ | Friday, November 17, 2023
कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

काठमाडौँ- भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छन्। कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी हुन्। यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो। महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन्।

४१ वर्षीया महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन्। उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्कार प्राप्त गरिसकेकी छन्। ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेकी हुन्।

महाजनको रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ। रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौंमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ। यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८० १८:४३ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast