काठमाडौँमा हल्का वर्षा

हिमाल प्रेस २५ कार्तिक २०८० १६:०५ | Saturday, November 11, 2023
काठमाडौँमा हल्का वर्षा फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा शनिबार दिउँसो हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए। ‘उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ। सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन,’ उनले भने, ‘अबको दुई/तीन घण्टामा वर्षा रोकिएर काठमाडौँको आकास खुल्नेछ।’

पछिल्लो एक घण्टामा काठमाडौँ बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताए। मौसमी प्रणाली क्रमिक रूपमा सुधार भएर आइतबारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए।

शनिबार बिहान लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले बताएको छ।

हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले बदली र वर्षा गराएको महाशााले उल्लेख गरेको छ। रासस

प्रकाशित: २५ कार्तिक २०८० १६:०५ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast