कांग्रेस सांसद पौडेलले एक महिनाको तलब विषद्‌ कोषमा जम्मा गर्ने

हिमाल प्रेस १९ कार्तिक २०८० १२:३८ | Sunday, November 5, 2023
कांग्रेस सांसद पौडेलले एक महिनाको तलब विषद्‌ कोषमा जम्मा गर्ने

काठमाडौँ- प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारको विपद् कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। कर्णाली प्रदेशका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम जम्मा गर्ने घोषणा गरेका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सहयोग घोषणा गर्दै विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनर्स्थापनाका लागि राहत तथा सहयोगका लागि सबैसँग अनुरोध पनि गरेका छन्।

प्रकाशित: १९ कार्तिक २०८० १२:३८ | Sunday, November 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast