कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष मनोनयन

हिमाल प्रेस १२ मंसिर २०८० १५:२६ | Tuesday, November 28, 2023
कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष मनोनयन

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसम्बद्ध ३ वटा भ्रातृ संस्थाका अध्यक्षहरू नियुक्त गरेका छन्।

सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका हुन्।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भइ स्वतः विघटन भएका ३ वटै भ्रातृ संस्थाको अध्यक्ष नियुक्त गरेका हुन्।

प्रकाशित: १२ मंसिर २०८० १५:२६ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast