कांग्रेस नेता निधिले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस २ मंसिर २०८० ६:४६ | Saturday, November 18, 2023
कांग्रेस नेता निधिले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भेटेर महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

नेता निधिको अनुरोधप्रति आफू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यथाशीघ्र गठन आदेश जारी गर्ने आश्वासन दिनुभएको निधिको निजी सचिवालयले जनाएको छ।

यसैगरी उनले राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेकाले त्यससम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि एक अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको स्मरण गराउँदै नेता निधिले सो रकम रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकालाई समेत सुझाव दिएको जानकारी गराएका थिए।

प्रकाशित: २ मंसिर २०८० ६:४६ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast