कांग्रेसको महासमिति बैठक सर्‍यो

हिमाल प्रेस १९ कार्तिक २०८० १२:५२ | Sunday, November 5, 2023
कांग्रेसको महासमिति बैठक सर्‍यो फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठक सार्ने निर्णय गरेको छ। आज आइतबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा गर्ने बैठक सार्ने निर्णय गरेको हो।

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठक मंसिर २९ र ३०, पुस १ र २ गते काठमाडौँमा गर्ने निर्णय भएको जानकारी दिए।

‘मंसिर २९ र ३० गते तथा पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय भएको छ। ललितपुरको गोदावरीस्थित सभाहलमा महासमिति बैठक हुनेछ’ उनले भने। गत शुक्रबार राति जाजरकोट केन्द्र भएर भूकम्प गएको र जनधनको ठूलो क्षति भएको भन्दै कांग्रेसले तिहारसम्म सार्वजनिक कार्यक्रम स्थगित गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८० १२:५२ | Sunday, November 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast