कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक [यसरी हेर्नुहोस् नतिजा]

हिमाल प्रेस २३ कार्तिक २०८० १०:०९
कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक [यसरी हेर्नुहोस् नतिजा]

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ।  बोर्डले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो। बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा गत असोज ९-१० गते सञ्चालन गरेको थियो।

परीक्षामा १ लाख १७ हजार विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८८ हजार ९४७ परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। यो ग्रेड प्राप्त गर्ने परीक्षार्थीको ७५.४५ प्रतिशत हो। १५ जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।

परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा हेर्न सकिनेछ।

प्रकाशित: २३ कार्तिक २०८० १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast