एमालेको विशेष बैठक बस्दै

हिमाल प्रेस २ मंसिर २०८० ६:४३ | Saturday, November 18, 2023
एमालेको विशेष बैठक बस्दै नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठक। तस्बिर स्रोत : एमाले मुख्यालय

काठमाडौँ- नेकपा एमालेको विशेष बैठक शनिबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक बस्न लागेको हो।

बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरूसहितलाई बोलाइएको छ।

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ७ गते राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीबारे छलफल हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।

 

प्रकाशित: २ मंसिर २०८० ६:४३ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast