एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख हस्तान्तरण

हिमाल प्रेस २४ कार्तिक २०८० १५:२१ | Friday, November 10, 2023
एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख हस्तान्तरण

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

एनसेलले बिहीवार सुर्खेतमा कर्णाली प्रदेशका उद्योगमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण गरेको हो। एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीलाई एक कार्यक्रममाझ चेक हस्तान्तरण गरेका थिए।

कात्तिक १७ गतेको गएको भूकम्पको उद्धारकार्यमा सघाउन एनसेलले जाजरकोट र रुकुममा ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क उपलब्ध गराएको थियो। यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग झन्डै १ करोड पुगेको छ।

‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौँ,” एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले भने।

प्रकाशित: २४ कार्तिक २०८० १५:२१ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast