एनटर्क १२५ ड्रम रेडमा सार्वजनिक, मूल्य २ लाख ३५ हजार ९००

हिमाल प्रेस २३ कार्तिक २०८० १२:०० | Thursday, November 9, 2023
एनटर्क १२५ ड्रम रेडमा सार्वजनिक, मूल्य २ लाख ३५ हजार ९००

काठमाडौँ– नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क १२५ सीसी ड्रम रेड रङमा सार्वजनिक गरेको छ। कम्पनीले जारी टीभीएस महाएक्सचेन्ज मेलामा उक्त स्कुटर सार्वजनिक गरेको हो।

एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ। एनटर्क ड्रममा ९.४ पीएस पावरसहितको बलियो १२५ सीसी इन्जिन रहेको छ। यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कुटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ।

स्लिक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीको दाबी छ। ‘टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गरेको छ।

ठूला १२ इन्चका टायरका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्दछ। टीभीएस एनटर्क ड्रम रेडको मूल्य २ लाख ३५ हजार ९०० तोकिएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १२:०० | Thursday, November 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast