एक लाख ३४ हजारसहित १३ जुवाडे पक्राउ

हिमाल प्रेस १ मंसिर २०८० १८:३८ | Friday, November 17, 2023
एक लाख ३४ हजारसहित १३ जुवाडे पक्राउ

काठमाडौँ- प्रहरीले सल्यानमा जुवाखालबाट एक लाख ३४ हजार रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको छ। जिल्लाको कालिमाटी गाउँपालिका–२ झिगानेको एक स्थानीयको घरमा जुवा खेलिरहेको उक्त रकमसहित २ गड्डी ताससहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउमा पर्नेमा वडा सदस्य, शिक्षक, वडाका प्राविधिक, स्वास्थ्यकर्मी रहेका छन्। पक्राउ परेका १३ जनालाई थप अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।

प्रकाशित: १ मंसिर २०८० १८:३८ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast