एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १४ मंसिर २०८० १३:५८ | Thursday, November 30, 2023
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालले आगामी मंसिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान भएको सूचना सचिवालय सदस्यहरूलाई पठाएका छन्।

उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल गर्ने नेताहरूको तयारी छ।

आगामी माघमा राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने सम्भावना रहेको बुझिएको छ।

 

प्रकाशित: १४ मंसिर २०८० १३:५८ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast