इजरायली दूतावासले देखायो हमासले गरेको आक्रमणको भिडियो

हिमाल प्रेस १३ मंसिर २०८० २०:३५ | Wednesday, November 29, 2023
इजरायली दूतावासले देखायो हमासले गरेको आक्रमणको भिडियो

काठमाडौँ- नेपालस्थित इजरायली दूतावासले आज (बुधबार) हमासले इजरायलमा गरेको आक्रमणको भिडियो प्रदर्शन गरेको छ। अक्टोबर ७ मा हमासले गरेको आक्रमणको ४७ मिनेटको भिडियो दूतावासले देखाएको हो। कार्यक्रममा सांसद, पत्रकारलगायतलाई बोलाइएको थियो।

कार्यक्रममा हमासको आक्रमणबाट बाँच्न सफल भएर नेपाल फर्किएका धनबहादुर चौधरीले आक्रमण पर्दाको अनुभव सुनाएका थिए।

हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। विपिन जोशीको अवस्था अझै अज्ञात छ। उनलाई हमासले बन्धक बनाएर राखेको इजरायली दूतावासले जनाएको छ।

 

प्रकाशित: १३ मंसिर २०८० २०:३५ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast