आरती साह मृत्यु प्रकरण : धनुषा प्रहरी प्रमुख एसपी खड्कालाई किन फिर्ता बोलाइयो?

हिमाल प्रेस २१ कार्तिक २०८० १२:३७ | Tuesday, November 7, 2023
आरती साह मृत्यु प्रकरण :  धनुषा प्रहरी प्रमुख एसपी खड्कालाई किन फिर्ता बोलाइयो?

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ। धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको अनुसन्धानमा असहयोग गरेको भन्दै उनको परिवारले एसपी खड्कालाई त्यहाँबाट हटाउन माग गरेको थियो। प्रहरीले उनको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुगोस् भनेर काठमाडौँ फिर्ता बोलाएको जनाएको छ।

२०७९ पुस १२ मा धनुषामा सरुवा भएर गएका उनलाई अहिले काठमाडौँ बोलाइएको हो। सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो। संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेसँगै उनलाई जिम्मेवारीबाट हटाएर नक्साल तानिएको हो।

परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन्। आरतीको मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी खड्कासहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी छ। खड्कासहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमा सहितका परिवारका सदस्यहरू १४५ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन्।

खड्कालाई काठमाडौँ फिर्ता बोलाएसँगै आरतीका परिवार र सरकारबीच वार्ताको तयारी छ।

प्रकाशित: २१ कार्तिक २०८० १२:३७ | Tuesday, November 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast